ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सामलिङ्ग पावर  कम्पनीको आईपीओ बाँडफाँट

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । सामलिङ्ग  पावर  कम्पनी लिमिटेडको  आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीले आयोजना  प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि छुट्याइएको साधारण शेयरको  बुधवार बाँडफाँट गरेको हो ।

विक्री प्रबन्धक नेपालएसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु  त्था आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि निष्कासन गरेको साधारण शेयर बुधबार बाँडफाँट गरिएको छ । कम्पनीले गत भदौ १८ गतेदेखि  असोज १ गतेसम्म स्थानीयको लागि आईपीओ विक्री गरेको थियो ।

आयोजना अतिप्रभावित क्षेत्रकाका लागि ३ हजार २५५ जना योग्य आवेदनहरु परेको थियो । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् ।

आयोजना प्रभावित समूहकालागि छुट्याइएको शेयरका लागि १७ हजार ७८९ योग्य आवेदनहरु परेको थियो । ती आवेदकले भने न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन् । 

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । पहिलो चरणको साधारण शेयर बाँडफाँट गरेसँगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि आईपीअओ निष्कासन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ ।

कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत् आयोजनाबाट ९ दशमलव ५१ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी  गत असोज १ गत  देखि व्यापारिक उत्पादन शुरु गरी सकेको छ ।

प्रतिक्रिया [1]
User Image

krishna kumar rai

[Oct 6, 2021 04:32pm]

Yo samling power ko local ipo result kasari herne hola jankari pauna sir


प्रतिक्रिया दिनुहोस्