ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हुवावेईद्वारा २० जना नेपाली विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी तालिम        

२०७८ असोज, २०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, ललितपुर । चिनियाँ प्रविधि कम्पनी हुवावेईले नेपालका सूचना तथा प्रविधि विषयका विद्यार्थीका लागि ‘सिड्स फर दि फिउचर’ कार्यक्रम २०२१ शुरुआत गरेको छ ।

उक्त कार्यक्रमअन्तर्गत सूचना प्रविधि विषयमा अध्ययनरत नेपाली विद्यार्थीको छनोट गरी उनीहरुलाई यस विषयमा थप तालिम तथा अध्ययन गराइने छ ।     
     
 हुवावेईद्वारा यहाँ आयोजित एक कार्यक्रममा उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो । हुवावेईले आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सन् २००८ देखि विश्वका विभिन्न देशमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  

कार्यक्रममा दिइएको जानकारीअनुसार हालसम्म विश्वका करीब १३० ओटा देशका ९ हजार विद्यार्थीलाई यो अवसर प्रदान गरिएको छ । नेपालमा भने यस वर्ष पहिलो पटक यो कार्यक्रमको शुरुआत गरिएको हो ।     
     
 उक्त कार्यक्रमअन्तर्गत नेपालका २० जना प्रतिभाको छनोट गरिएको छ र उनीहरुलाई डिजिटल क्षेत्रको बारेमा तालिम तथा पछिल्लो विकासक्रमका बारेमा अध्ययन गराइने छ । नेपालका प्राध्यापकहरु शशीधरराम जोशी, सुवर्ण शाक्य र तिमिला यमीले निर्णायकको रुपमा रहेर ती २० जना प्रतिभा छानेका थिए।     
     
 उनीहरुले नेपाली विद्यार्थीमा पनि हुवावेईले यो अवसर प्रदान गरेकाले आगामी दिनमा यसले नेपालमा सूचना प्रविधि क्षेत्रको जनशक्ति विकासमा सहयोग पुग्ने बताए ।     
     
 उक्त कार्यक्रमअन्तर्गत ती विद्यार्थीलाई नेपालमा सूचना प्रविधि क्षेत्रका विकास आयोजनाका साथै सूचना प्रविधि उद्योगको बारेमा पनि जानकरी दिइने छ । यसबाट नेपालमा आगामी दिनमा सूचना प्रविधिका क्षेत्रमा गर्न सकिने कामका बारेमा उनीहरुलाई ज्ञान प्राप्त हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्