ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

गुजुल्टिएका तारका कारण कुरुप बन्दै धरान

२०७८ असोज, २०  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, धरान । गुजुल्टिएका तारका कारण करीब डेढ लाख मानिस बसोबास गर्ने धरानको सौन्दर्य नै पछिल्लो समय गुम्दै गइइरहेको छ । त्यतिमात्र होइन यी तारबाट मानवीय तथा भौतिक क्षति पनि हुने गरेको छ । 

विद्युतका पोलहरूमा गुजुल्टा परेका तार देख्दा रिगंटा नै लाग्छ । जता हेर्‍यो उतै माकुराले जालो लगाएजस्तै तारको जालो देखिन्छ । पोलमा मात्र हैन भुइँमा पनि त्यति नै मात्रामा छरपष्ट छन् तार ।

धरानमा दैनिक सयौंको संख्यामा पर्यटकहरु घुम्न आउने गरेका छन् । बजारकै बाटो हुँदै पहाडी जिल्लाका पर्यटकीय गन्त्वय जाने मुख्य प्रवेशद्वार पनि हो धरान । 

मुख्य बजार हुँदै जाने पर्यटकहरुले धरानको सौन्दर्य नियाल्न पाउँदैनन् । उनीहरुले बजार क्षेत्रमा रहेको असरल्ल तारहरुको जालोले छोपिएको विजुलीका पोल हेर्दै जान्छन् । 

धरान घुम्न आउने पर्यटकहरु धरानको मुख्य बजार क्षेत्रमा रहेको बसपार्कमा उत्रने गर्दछन् । उनीहरुको पहिलो नजर पर्ने मुख्य बजारलाई भने विजुली, टेलिफोन, केवलका अव्यवस्थीत तारको जालोले सौन्दर्यता नै बिगारिदिएको छ । 

बजारको सौन्दर्यताका लागि भानुचौकदेखि छाताचौंक सम्म गमलामा फुलहरु रोपिएका छन् । त्यही फुलेका फुलहरुलाई पनि तारको जालोले छोपिदिने गरेको छ ।

विद्युत, टिभी, इन्टरनेट र टेलिकमका तारको सञ्जाल बजारको मुख्य सडकमा मात्र नभई भित्रीगल्लीका हरेक छेउमा पनि साहै्र अव्यवस्थित छन् । पटक–पटक तारकै कारण आगलागीका घटना पनि हुने गरेका छन् । तर विद्युतका पोलमा टाँगिएका तारको सञ्जाल व्यवस्थित गर्न न त स्थानीय सरकार अग्रसर भएको छ, न त तार टाँगिएका पोल गाड्ने विद्युत् प्राधिकरण नै व्यवस्थित गर्न अग्रसर छ ।

पर्यटकीय क्षेत्र बनाउने अभियानमा लागेको धरान उपमहानगरपालिकाको मुख्य बजार बिजुली, केवलका तारहरुको जालोले कुरुप देखिन थालेको स्थानीय राजन राई बताउँछन् । धरानलाई सुन्दर बनाउन जनप्रतिनिधीहरुले चासो देखाउनुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘धरानलाई सुन्दर बनाउन फूलबारीको शहर बनाउने अभियान थालिएको छ, तर पहिले अव्यवस्थीत तारको जालोलाई व्यवस्थीत गर्नुपर्छ ।’

धरान उपमहानगरपालिकाले वर्षेनी पर्यटन प्रवर्द्धनका लागि ठूलो बजेट विनियोजन गर्ने गरेको छ । धरान उपमहानगरपालिकाले करको दायरा फराकिलो बनाउँदै आन्तरिक आयमा बिजुलीको पोलको कर उठाउँदैछ । बिजुली, टेलिफोन, केवलवाला हरुसँग पनि कर उठाएको छ । त्यही पोलमा झाँगिएको तारको जालोलाई व्यवस्थीत गर्न सकेको छैन । 

अव्यवस्थीत तारको जालोले शहरलाई कुरुप बनाएको स्थानीय महेश ताम्राकार बताउँछन् । ‘साँच्चै नै यसले बजारलाई कुरुप बनाएको छ,’ उनले भनिन्, ‘तर केही गर्न सकेको छैन ।’ चाँडै नै सम्बन्धित निकायहरुसँग छलफल गरि व्यवस्थापन गर्न योजना बनाउन उनको सुझाव छ ।

पर्यटकहरुलाई आकर्षण गर्न विभिन्न भौतिक संरचनाहरु निर्माण गरिरहँदा उनीहरुलाई नकारात्मक प्रभाव पार्ने अव्यवस्थीत संरचनाहरुलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थीत गर्नु पर्दछ । जसले गर्दा सामान्य आकर्षणबाट पनि पर्यटकहरुको मन जित्न सकिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्