ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बि.ओ.के क्यापिटलको छैठौं सभाले पारित गर्‍यो १८% लाभांश वितरण गर्ने प्रस्ताव

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छैठौं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ । 

उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजी रू. २१ करोडको १८ प्रतिशतका दरले नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, उक्त सभाले कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्