ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तथ्यांकोवाच : परिवार नियोजनका रबर निर्मित साधन २४ करोडको आयात

२०७८ असोज, २१  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा नियोजनका रबर निर्मित साधन रू. २४ करोड २२ लाख बराबरको  आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा परिवार नियोजनका रबर निर्मित साधन आयातको औसत वार्षिक वृद्धिदर ११ दशमलव ९३ प्रतिशत देखिन्छ । आयातको यस प्रवृत्तिले मुलुकभित्र रबर निर्मित परिवार नियोजनका साधन उद्योग सञ्चालनको सम्भावना प्रस्ट हुन्छ । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने परिवार नियोजनका रबर निर्मित साधन उत्पादनमा मुलुक केही समयभित्र आत्मनिर्भर बन्न सक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्