ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हिमालयन बैंकले प्रस्ताव गर्‍यो २६% लाभांश

२०७८ असोज, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२१ दशमलव ३८ प्रतिशत बोनस शेयर ४ दशमलव ६२ प्रतिशत लाभांश गरेर कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको अगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनी र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा रहेकाले कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब ६८ करोड ४४ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्