ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

माछापुच्छ्रे बैंकले आह्वान गर्‍यो २३औं वार्षिक साधारण सभा, १४% लाभांशको प्रस्ताव

२०७८ असोज, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कात्तिक २६ गते २३औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले होटल पोखरा ग्राण्ड पार्दी, कास्की, पोखरामा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्तापूँजीको १३ दशमलव ३० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तयि संस्था एक आपसमा गाभ्न गाभिन तथा वैदेशिक रणनीति साझोदारीमा जान उपयुक्त देखिएको सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने पनि रहेको छ ।  

साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक ७ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्