ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

विराटनगर र धनगढीमा युवासँग महालक्ष्मी लाइफ

२०७८ असोज, २१  
बजार
NA

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवामाझ बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ । सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ विद्यार्थी सहभागी थिए ।

बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटीका संयोजक खडक नारायण उडाउले सञ्चालन गरेको कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्वबारे प्रकाश पारे । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उप–क्षेत्रीय प्रमुख हिरा निरौलाले सहभागी विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रमपछि एजेन्सी म्यानेजर खडकनारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला समिति गठन गरिएको कम्पनीले बताएको छ ।
यस्तै, धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा पनि युवासँग महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराले बीमा जागरणको महत्वबारे प्रकाश पारे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्