ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जितपुर र नवलपरासीमा आइएमई मोटर्सको शाखा विस्तार

२०७८ असोज, २१  
बजार
Image Not Found

काठमाडौं (अस) ।  आइएमई ग्रुपअन्र्तगत सञ्चालित आइएमई मोटर्स प्रालिले बाराको जितपुरस्थित थ्रीएस सेटअप र नवलपरासीको सर्दीस्थित टू एस सेटअपको उद्घाटन गरेको छ ।

यी दुई सुविधासम्पन्न शाखाबाट अशोक लेलैन्ड गाडीका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस् उपलब्ध हुने कम्पनीले जनाएको छ । दुई वटै शाखा उद्घाटन उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतीय अटोमोबाइल कम्पनी अशोक लेलैन्डका सार्क हेड सुजन रोयलगायतले गरे ।

ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैन्ड भरपर्दो ब्रान्ड भएकाले भविष्यमा राम्रो प्रतिफल दिने अपेक्षासहित लगानी गरिएको बताए । शाखा विस्तार गरिएका क्षेत्रका ग्राहकले बिक्रीपछिको सेवा सहज रूपमा पाउने उनको भनाइ छ ।

नेपालका लागि अशोक लेलैन्ड गाडीको अधिकृत बिक्रेता आइएमई मोटर्सले प्रदेश २ र लुम्बिनी प्रदेशमा शाखा विस्तार गरेपछि ग्राहकले थ्रीएस सेल्स, सर्भिस र स्पेयर्स सबै सुविधा उपयोग गर्न सक्ने कम्पनीले बताएको छ ।

कार्यक्रममा अशोक लेलैन्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैन्डको बजार विस्तार गर्ने उद्देश्य रहेको जानकारी दिए । आइएमई मोटर्सले ट्रक, टिपर, स्कुल बससहित साना–ठूला कमर्सियल गाडी बिक्री वितरण गर्दै आएको छ । दुई शाखा विस्तारसँगै कम्पनीका सञ्जाल ९ पुगेका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्