ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बीओके–आईएमएस नेपाल सम्झौता

२०७८ असोज, २१  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्व अवसरमा शून्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीका स्मार्ट फोन, स्मार्ट वाच तथा ट्याबलेटस् सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने योजना ल्याएको छ । पर्वको वहार, बीओकेको उपहार नारासहित ल्याइएको योजनामा बैंकका क्रेडिट कार्डवाहकले सामसुङ ब्रान्डका स्मार्ट फोन, स्मार्ट वाच र ट्याबलेटस् बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नेछन् ।

बैंक र सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालिबीच सम्झौता भएको हो । योजनाका लागि ग्राहकले बैंकको क्रेडिट कार्ड लिन अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् । सरल किस्ताबन्दी योजनामा ग्राहकले शून्य प्रतिशत ब्याजदरकोे सुविधा, बीओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवाशुल्क नलाग्नेलगायत सुविधा पाउने सक्ने बैंकले बताएको छ ।

हाल आईएमएस नेपाल प्रालिका काठमाडौंमा ६ स्थानसहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक सोरुम छन् ।  बीओकेले हाल ९० शाखा, ८१ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्