ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अव असोजको बाँकी ३ दिनमात्र शेयर कारोबार हुने

२०७८ असोज, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । नेपालीको पर्व बडादशैंं शुरु भएको पहिलो दिन बिहीवार शेयर बजार बन्द हुने भएको छ ।

 सरकारले घटस्थापनाका अवसरमा सार्वजनिक बिदा दिएकाले शेयर बजार पनि बन्द हुने नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले बताएको छ । त्यसको लगत्तै शुक्रवार परेको हुनाले उक्त दिन पनि शेयर बजार बन्द रहनेछ । बडादशैँ शुरु भएकोले अव असोज महीनामा तीन दिन मात्र  शेयर कारोबार हुनेछ  ।

असोज महीनाको क्यालेन्डरका अनुसार  असोज २४ गते  आइतवार, २५ गते सोमवार तथा असोज ३१ गते आइतवार मात्र शेयर कारोबार हुने छ  । आगामी असोज २६ गते मंगलवार फूलपातीको दिनदेखि विदा दिएको छ ।  

अर्को कात्तिक महीनाको १ गते सोमवारका दिनदेखि शेयर कारोबार खुल्ने छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्