ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एचआईडीसीएलको शिलबन्दी बोलपत्र शुक्रवार खोलिदैं

२०७८ असोज, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल) को लिलामी शेयरको बोलपत्र शुक्रवार अर्थात् असोज २२ गते खोलिदैछ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौंमा बिहान ८ बजे बोलपत्र खोल्ने जानकारी गराएको हो । कम्पनीले हकप्रद शेयरमा विक्री नभएको शेयर असोज ७ गतेदेखि असोज १४ गतेसम्म सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा ल्याएको थियो ।

कम्पनीले गत साउन ५ गतेदेखि ८ गतेसम्म सत प्रतिशत हकप्रद शेयर निष्कासन गरेकोमा विक्री नभएको शेयर लिलामीमा ल्याएको हो । कम्पनीले कुल ११ करोड कित्ता हकप्रद शेयर विक्री खुला गरेकोमा ७ करोड ३७ लाख ७० हजार २७६ कित्ताका लागि आवेदन परेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्