ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२१.०५ % लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले बोलायो साधारण सभा  

२०७८ असोज, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा असोज २३ गते शनिवार हुने भएको छ ।

कम्पनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट, भरतपुरमा हुने बताएको छ ।साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका असोज १२ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस  आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।  

साथै सभाले शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र सोही कारण अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सभाले सर्वसाधारण शेयरधनीतर्फ तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्