ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

डिशहोमको रिचार्ज गर्दा आकर्षक छूट, २२०० सम्म अतिरिक्त बोनस पाइने

२०७८ असोज, २१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । डिशहोमले चाडपर्वको मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने योजना ल्याएको छ ।

उक्त योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २ हजार २०० रुपैयासम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिने छ ।  

उक्त योजनासँगै ग्राहकहरुले अव मासिक ८९९ रुपैयाँमा नै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने जानकारी कम्पनीले दिएको छ ।

यस्तै उक्त योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरुले स्पेन घुम्न जान पाउने छन् । हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजार रुपैयाँको ला लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने छन् ।

स्पेन जाने चार जना भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्