ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दशैंतिहारमा सार्वजनिक यातायातका लागि देशभरको रुट खुला  

२०७८ असोज, २१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।

विभागले दशैंंतिहार नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरेको हो ।


इजाजतपत्र खुला भएसँगै जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके इजाजत पनि काट्नुपर्ने छैन ।

इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुनेछ । गत असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्