ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रवार बिहान बाँडफाँट हुँदै

२०७८ असोज, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा शुक्रवार बिहान बाँडफाँट हुने भएको छ ।

असोज २० गते नै प्रि-अलोटमेण्ट सम्पन्न गरेको कम्पनीको आईपीओ शुक्रवार विक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा विहान १०ः३० बजे अन्तिम बाँडफाँट गर्न लागिएको हो ।

कम्पनीको आईपीओ खरीदका लागि २१ लाखभन्दा बढी आवेदकहरुले ३५ गुणाभन्दा बढी कित्ता शेयरको खरीदको आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ गतेसम्म ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओमध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।

कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीयका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले स्थानीय सहित सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरेको हो ।

कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ दशमलव ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्