ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

१५ ओटा लघुवित्त कम्पनीद्वारा लाभांश प्रस्ताव : सबैभन्दा बढी स्वाभिमान लघुवित्तको 

२०७८ असोज, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । लाभांश प्रस्ताव सिजन शुरु भएको छ ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से)  मा  सूचीकृत कम्पनीहरुले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  

नेप्सेमा सूचीकृत ५६ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्ममा १५ ओटा कम्पनीले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।

ती १५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३२ दशमलव ३ प्रतिशत बोनस शेयर र १ दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

त्यसैगरी, दोस्रोमा सबैको लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

यी १५ ओटा कम्पनीमध्ये एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले भने नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

त्यसैगरी, लाभांश प्रस्ताव गरेका १५ ओटा कम्पनीमध्ये डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारण सभासमेत आह्वान गरेको छ । कम्पनीको सभा असोज २३ गते शनिवार हुँदैछ । सभा बिहान ११ बजे चितवन गार्डेन रिसोर्ट भरतपुर, चितवनमा हुने जानकारी गराएको हो । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका असोज १२ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस  आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । 

२०औं साधारण सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग सहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भएकोले यो विषय राष्ट्र बैंकलाई जानकारी गराएको छ । 

सोही कारण अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितिलाई अख्तियराी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ । 

लाभांश प्रस्ताव गरेका १५ ओटा कम्पनीहरुले अघिल्लो वर्षको लाभांशभन्दा यसवर्ष लाभांश बढी दिएका छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । 


                                                          स्रोत : कम्पनीले सार्वजनिक गरेको सूचना

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्