ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए ८०५ कोरोना संक्रमित, ९११ जना संक्रमणमुक्त  

२०७८ असोज, २१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । नेपालमा विगत २४ घण्टामा ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा ७ हजार २६४ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ६६७ जना र ३ हजार ४०८ ओटा नमूनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण पुष्टि  भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ९११ जना निको भएका छन् ।

सो अवधिमा कोरोना संक्रमणबाट  आठ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्