ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

‘किचेन गार्डेन’ कार्यक्रम शुरू

२०७८ असोज, २२  
गण्डकी प्रदेश
NA

पर्वत । महाशिला गाउँपालिकामा जिल्लामै पहिलोपटक ‘किचेन गार्डेन’ कार्यक्रम शुरू गरिएको छ । महाशिला–५ लुंखुदेउरालीमा किचेन गार्डेन कार्यक्रम शुरू गरिएको हो । हरेक घरधुरीमा उपभोग हुने तरकारी, फलफूललगायत उत्पादनबाट गाउँ, समाज, वडा र सिंगो पालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले उक्त कार्यक्रम शुरू गरिएको हो ।     

यस वर्षदेखि शुरू भएको कार्यक्रमअन्तर्गत वडा नं ५ का सबै घरधुरीलाई साग, मुला, सिमी, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारीका बीउ वितरण गरिएको वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए । उनका अनुसार वडाभित्रका ६३० घरधुरीलाई बीउ वितरण गरिएको हो । विभिन्न प्रजातिका बीउ गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल र प्रवक्ता तथा वडाध्यक्ष उच्चैले कृषकलाई वितरण गरेका हुन् ।

किचेन गार्डेन कार्यक्रमका लागि गाउँपालिकाले यस वर्ष १ लाख २५ हजार विनियोजन गरेको वडाध्यक्ष उच्चैले जानकारी दिए । उनका अनुसार अब सबै घरमा उपभोग हुने आवश्यक तरकारी घरमै बाह्रैमास उत्पादन गर्ने उपभोग गरेर बढी भएको तरकारी विक्री गरी आयआर्जन गर्न सकुन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको हो ।
घरमै उत्पादित अग्र्यानिक तरकारी उपभोग गर्दा पालिकाका बासिन्दाको स्वास्थ्यमा फाइदा हुने, दैनिक खर्चसमेत बचत हुने र घर वरिपरिको वातावरण सफा हुने भएकाले पनि यो कार्यक्रम प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए । यो कार्यक्रम जिल्लामै नमूनाका रूपमा अघि बढाइएको उनको भनाइ छ । महाशिलाको वडा नं ५ तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास हुँदै गएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्