ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सामलिङ पावरले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्दै

२०७८ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरका रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक १८ गतेसम्म आवेदन दिने मिति लम्बिने कम्पनीले जानकारी दिएको छ ।

सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत् आयोजनाबाट ९ दशमलव ५१ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी  गत असोज १ गतेदेखि व्यापारिक उत्पादन शुरु गरी सकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्