ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटिजन्स बैंक इन्टरनेशनलको शेयरमूल्य समायोजन

२०७८ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३५२ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ३९८ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ८ प्रतिशत नगद लााभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभाको मिति भने तय गरिसकेको छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्