ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हिमालयन उर्जा विकास कम्पनीको संयुक्त साधारण सभा कात्तिक २४ गते

२०७८ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको २०औं र २१औं वार्षिक साधारण सभा कात्तिक २४ गते हुने भएको छ ।

सभा सिद्धार्थ कटेज रेष्टुरेन्ट एण्ड बारको सभाकक्ष तीनकुने, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा आव २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्नेका साथै, विविध प्रस्ताव रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्