ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कुमारी बैंक–सारथि होटल सम्झौता

२०७८ असोज, २२  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । कुमारी बैंक र काभ्रेको धुलिखेलस्थित सारथि होटल प्रालिबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ  ।

सम्झौतापछि बैंकका ग्राहकले होटलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १० देखि १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

दैनिक जीवनको कार्यव्यस्तता हटाउन होटल बसाइ सुविधाबाट ग्राहकले लाभ लिन सक्ने बैंकले बताएको छ । सारथि होटलका विभिन्न सेवामा बैंकको डेबिट÷क्रेडिट कार्डवाहकले छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकको बनेपा शाखा  प्रबन्धक श्रीमती नवीना वैद्य र होटलका प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेलले हस्ताक्षर गरे ।   

बैंकले हाल १९६ शाखा, १६५ एटीएम, ३२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्