ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बाग्लुङ र बेनीमा युवासँग–महालक्ष्मी लाइफ

२०७८ असोज, २२  
बजार
NA

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा पुस्तामा बीमाबारे जनचेतना जगाउने उद्देश्यले असोज पहिलो साताबाट सुरु गरेको युवासँग–महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान म्याग्दीको बेनी र बागलुङ बजारमा सम्पन्न गरेको छ ।

बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ विद्यार्थीले सहभागिता जनाएको कम्पनीले बताएको छ ।

विद्यालयका प्रधानाध्यापक काशीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एजेन्सी म्यानेजर दिलमाया बिटालुले योजनाबारे अवगत गराए ।

कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रीय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीलाई बीमासम्बन्धी प्रशिक्षण दिए ।

यस्तै, असोज १९ गते धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा पनि युवासँग–महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।

२५ विद्यार्थी सहभागी कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले गरे । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक धमला र क्षेत्रीय प्रमुख आचार्यले बीमासम्बन्धी प्रशिक्षण दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्