ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल इन्भेष्टमेन्ट बैंकिङको आजीवन डिम्याट खाता अफर

२०७८ असोज, २२  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नबिल इन्भेष्टमेन्ट बैंकिङले हितग्राही खातावाल तथा नयाँ खाता खोल्न चाहनेलाई लक्षित गरी नेपालमै पहिलो पटक आजीवन डिम्याट खाता योजना सुरु गरेको छ ।

हाल शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताले आफ्नो हितग्राही खाता खोलेपछि प्रत्येक वर्ष तथा मेरो शेयरको खाता नवीकरण गराउनुपर्ने अवस्था रहेकामा कम्पनीले एकपटक खाता खोलेपछि जिन्दगीभर खोल्नु नपर्ने योजना ल्याएको हो ।

यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक ३ हजार रुपैयाँ भुक्तानी गरी आजीवन नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।

दशैंको शुभकामनासहित कम्पनीले नवरात्रको ९ दिन अर्थात् २१ देखि २९ गतेसम्म यस्तो खाता खोल्न चाहनेका लागि २१०० रुपैयाँमा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न सकिने कम्पनीले बताएको ।

यस्तो सुविधा विद्यमान खातावाला आफूले भुक्तानी गर्नुपर्ने नवीकरणबापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया [1]
User Image

Ramram

[Oct 9, 2021 07:51am]

Metual fund ko bonus halna nekai dhila gare kina hola. Thula kura matrai garne.


प्रतिक्रिया दिनुहोस्