ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुबिसु केबलनेटमा दक्षिणा अफर

२०७८ असोज, २२  
बजार
Image Not Found

काठमाडौं (अस) । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले दशैं अवसरमा ग्राहक लक्षित सुबिसु दक्षिणा अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा १३ हजार ९९९ रुपैयाँमै प्राप्त गर्न सक्नेछन् । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएकाले ग्राहकले लाभ लिन सक्ने कम्पनीले बताएको छ ।

ग्राहकले वार्षिक सेवाको भुक्तानी ई– सेवामार्फत गर्दा थप १ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यसका लागि ग्राहकले भुक्तानी गर्दा प्रोमो कोड ‘उपहार’ प्रयोग गर्नुपर्नेछ । चाडवाडलाई लक्षित गरी गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ यो अफर ल्याइएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्