ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बीओके क्यापिटल मार्केटको साधारणसभा सम्पन्न

२०७८ असोज, २२  
बजार
Image Not Found

काठमाडौं (अस) । बीओके क्यापिटल मार्केट लिमिटेडको छैंटौं वार्षिक सम्पन्न भएको छ ।

साधारणसभाले आव ०७७/७८ को वित्तीय विवरण पारित गर्नुका साथै आव ०७७/७८ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी २१ करोडको १८ प्रतिशतका दरले नगद लाभांश करसमेत गरी वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले विशेष प्रस्तावअन्तर्गत कम्पनीको रजिस्ट्रर्ड कार्यालय काठमाडौं महानगरपालिका–१ नक्सालमा रहने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष महेश मिश्रले संस्थाको आगामी योजनाबारे जानकारी गराए ।

बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केटले आगामी दिनमा प्रविधि प्रयोगमार्फत ग्राहकमैत्री सेवा उपलब्ध गराइने बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्