ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

२०७८ असोज, २२  
बजार
Image Not Found

काठमाडौं (अस) । सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ ।

कोषको २९ औं वार्षिकोत्सव अवसरमा ०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले शिलान्यास गरेका थिए ।

लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौताअनुसार कोषको करिव ९० करोड रुपैयाँ लगानीमा विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई निर्माण ठेक्का दिएको थियो ।

शर्मा रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् ।

कोषका कार्यकारी निर्देशक नेपालले कोरोना महामारीको समयमा पनि भवन निर्माणलाई अगाडि बढाएर हस्तान्तरण गरेकामा विभाग र निर्माण कम्पनीलाई धन्यवाद दिए । नवनिर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउने धारणा उनले राखे ।

भवन विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालीन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समय आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गरे ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्