ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

घर बनाउँदै हुनुहुन्छ ?

जग्गा छनोट र बलियो निर्माणलाई दिनुुस् प्राथमिकता

२०७८ असोज, २२  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । घर वासस्थान मात्र होइन, सुरक्षा पनि हो । खर्चको कन्जुस्याइँमा कमसल घर बनाउनु जीवनलाई धरापमा थाप्नुसरह हो । त्यसैले घर निर्माण कार्यमा जग्गा छनोटदेखि रङरोगनसम्ममा विशेष ध्यान दिनु आवश्यक छ ।

जग्गा छनोट
भवन निर्माणको पहिलो कार्य जग्गा छनोट हो । चार कुना मिलेको, बाढीपहिरोको जोखिम नभएको, ढल, सेप्mटी टयांकीको निकास भएको, खानेपानी, बिजुली, सडक सुविधा भएको, धेरै भिरालो नभएको, पहारिलो (घाम लाग्ने), स्वस्थ वातावरणयुक्त, पुरिएको माटो नभएको आदि कुराले युक्त भएको जमिन भवन निर्माणका लागि उपयुक्त मानिन्छ । जमिनको संरचनाअनुसार भवन निर्माणमा प्रयोग गरिने सामग्री र जगको गहिराइ कतिसम्म हुने भन्ने निक्र्योल गर्छ ।

त्यसैले भवन निर्माणअघि जमिनको माटो परीक्षण गराउनुपर्छ । माटोको भारवहन क्षमताअनुसार संरचना निर्माणमा ध्यान पुर्‍याउनुपर्ने विषय मापदण्डमा स्पष्ट उल्लेख गरिएको छ ।  

आर्किटेक्ट इन्जिनियरिङ
घर निर्माणको स्वरूप निर्धारण कार्य आर्किटेक्ट हो । जमिनको आकारअनुसार कस्तो भवन बनाउने भन्ने निक्र्योल आर्किटेक्टको हो । अर्थात, घर बनाउने कार्य नक्सा डिजाइनबाट सुरु हुन्छ । घरको पूर्ण आकार दिने कार्य आर्किटेक्ले गर्छ । भवन कति तलाको बनाउने, साइज कति हुने, झ्यालढोका कता फर्काउने, कोठाको साइज कति हुने, भान्साघर कता फर्काउने, बाथरुम, टवाइलेट (भित्री सजावट) कस्तो बनाउन उपयुक्त हुन्छ, बगैंचा, पार्किङ कहाँ र कस्तो बनाउने, बैठक कोठा, बेडरुमलगायत सबै नक्सामा उल्लेख गरिन्छ । त्यसैले भनाइ छ, आर्किटेक्ट इञ्जिनियर इञ्जिनियरको पनि इञ्जिनियर हो । उसले भवनको सम्पूर्ण भू(भाग अध्ययन गरेको हुन्छ र कोठाचोटा चहारेको हुन्छ । घरधनीले चाहेजस्तो भवनको नक्सांकन र सहज निकास हुने गरी डिजाइन गर्ने कार्य आर्किटेक्टले गर्छ ।  

भवनको मापदण्ड निर्धारण
जसरी भवन निर्माण कार्यका लागि विभिन्न मापदण्ड तोकिएको छ, त्यसैगरी भवन निर्माण्माा प्रयोग गरिने सामग्रीको पनि मापदण्ड तोकिएको छ । भवनको तलाअनुसार जगको मापदण्ड बनेको छ । जति अग्लो भवन बनाइन्छ, त्यति नै बलियो जग बनाउनुपर्ने हुन्छ । जगले नै भवनको आयु निर्धारण गरेको हुन्छ । त्यसपछि अर्को महत्वपूर्ण भाग पिलर हो । पिलर पनि भवनको तलाअनुसार डन्डीको प्रयोग गर्नुपर्छ । मापदण्ड अनुसार सिमेन्ट, बालुवा, गिटीको मिश्रण हुनु आवश्यक छ । प्राकृतिक प्रकोपको डर, त्रासमा वृद्धि भएसँगै प्रविधिको विकास पनि तीव्र विकास भइरहेको छ । यी स्ट्रक्चरल कार्य हुन । यसका लागि अहिले स्ट्रक्चरल इञ्जिनियर हुने प्रावधान राखिएको छ । यिनले सिमेन्ट, बालुवा, गिटी, रड आदिको प्रयोगसम्बन्धी मापदण्ड तोक्ने कार्य गर्छन । अहिलेको नियमअनुसार स्ट्रक्चरल इञ्जिनियरले तोकेको मापदण्ड पूरा भएन भने घर पास हुँदैन । सो मापदण्डअनुसारको निर्माण कार्य भइरहेको छ÷छैन अनुगमन, निरीक्षण गर्ने कार्य सिभिल इञ्जिनियरको हो ।

त्यसैगरी बिजुली वायरिङ, प्लम्बिङ, रङरोगन कार्यमा समेत विशेष ध्यान दिन जरुरी छ । प्लम्बिङको वायरिङ वालभित्र गरिनु भविष्यका लागि समस्या हुन सक्छ । त्यसैले प्लम्बिङ, वायरिङ वालबाहिर गर्नु उपयुक्त हुन्छ र ठीकसँग वायरिङ हुनु पनि त्यत्तिकै महत्वपूर्ण छ ।  

भवन निर्माणजस्तो काममा सीधा सिंगो घरको आकारलाई मात्र बुझियो भने त्यो कच्चा काम हुनेछ । पहिलो कार्य घर बलियो बनाउन गुणस्तरीय सामान हुनु अति आवश्यक छ । सामान गुणस्तरीय मात्र भएर पनि पुग्दैन । त्यसको उचित मात्रा मिलाएर उचित प्रयोग गर्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले घर बनाउँदा भवन विभागले तोकेको मापदण्डअनुसारको कार्य गर्न सक्ने दक्ष र अनुभवि मिस्त्री हुनु जरुरी छ । एउटा दक्ष कामदारको महत्व कति छ भन्ने कुरा प्राचीन मठ, मन्दिर निर्माणबाट प्रस्ट हुन्छ । जस्तो, काठैकाठले जोडेर बनाएको मन्दिरमा दुई वटा काठबीचको जडानलाई हेरे पुग्छ, जुन शताब्दीयौं वर्षसम्म पनि त्यसको जडान जस्ताको तस्तै कसरी रहन सके होला ? यसको सीधा अर्थ घर बलियो बनाउन सामान गुणस्तरीय मात्र भएर पुग्दैन, त्यसलाई उचित प्रयोग गर्न सक्नु पनि हो ।

भवन निर्माण कार्यमा दक्ष र अनुभवी मिस्त्रीको आवश्यकतामाथि जोड दिन्छन, इञ्जिनियर तिलक बानिया ।  गुणस्तरीय सामग्रीको उचित मिश्रण र मापदण्डअनुसार तयार गर्न सकिएन भने त्यसको औचित्य नरहने उनको भनाइ छ ।  नेपालमा गुणस्तरीय सामग्री उपलब्ध हुँदाहुँदै पनि कमसल घर बन्नुमा दक्ष कामदार अभाव रहेको बानियाको स्वीकारोक्ति छ । त्यसैले जसरी पनि घर बनाउने चाहनाले घरको आयु छोटयाउने उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्