ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

स्वावलम्बन लघुत्तिद्वारा २५ % लाभांश प्रस्ताव

२०७८ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत आवको मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले ६ प्रतिशत नगद लाभांश करसहित र १९ प्रतिशत बोनस शेयर गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । 

कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्