ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७४ हजार ४०० जनाले पाए शेयर

२०७८ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । 

विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार ७४ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । 

कम्पनीको आईपीओमा २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएकोे छ ।

बाँकी योग्य २० लाख १४ हजार ९२२ जना आवेदकमध्ये गोलाप्रथाद्वारा ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका हुन् ।  कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । 

कम्पनीले कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचाराहरुको लागि, ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्