ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ असोज, २२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. ५०० ले बढेको सुनको मूल्य शुक्रवार रू. २०० ले बढेकोे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार १५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ९५० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य स्थिर रहेको छ । बिहीवार प्रतितोला रू. १ हजार १७० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्