ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अरुण भ्याली हाइड्रोपावरसहित ३ ओटा कम्पनीको साधारण सभा आइतवार

२०७८ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । अरुण भ्याली हाइड्रोपावरसहित ३ ओटा कम्पनीको साधारण सभा आइतवार हुने भएको छ ।

 उक्त दिन अरुण भ्याली हाइड्रोपावर,सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले साधारण सभा आयोजना गरेका हुन् । अरुण भ्याली हाइड्रोपावरले कम्पनीको सभाकक्ष थापाथलीमा बिहान ११ बजे गर्दैछ ।

 कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असोज ११ गते देखि १४ गते सम्म बन्द गरिसकेकोले असोज १० गते आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

 सभाले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 त्यसैगरी सेञ्चुरी क्यापिटल मार्केट्सले पाँचौं वार्षिक साधारण सभा आर्यतारा भवन, काठमाडौंमा बिहान ११ बजे हुने बताएको छ । सभाले ६ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले लक्ष्मी बैंक हात्तिसारमा बिहान ११ गर्ने जानकारी गराएको छ । सभाले सभाले आव २०७७/ ७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई रू. ४ करोड ५ लाख नगद लाभांश (कर सहित) लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्