ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

डब्लूएचओद्वारा सन् २०२१ सम्म ४० % लाई खोप लगाउने लक्ष्य निर्धारण        

२०७८ असोज, २२  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २२, जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ ।

डब्लूएचओले विश्वका सबै देशमा सन् २०२२ को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधवार सार्वजनिक गरेको हो ।     
     
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधवार ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका छन् । उनले कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गरेका छन् ।

उनले बाँच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गरेका छन् ।रासस/सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्