ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी विरोध खतिवडालाई, झाँक्री पर्यटनमन्त्री बन्ने

२०७८ असोज, २२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २२, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रालयको जिम्मेवारीबारे बिहीवार गरेको निर्णय हेरफेर गरेको छ ।

नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ ।  एकीकृत समाजवादीबाट खतिवडासँगै, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन् । 

उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।

बुधवार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्