ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आर्थिक गतिविधि बढ्दा मलेशियामा बेरोजगारी दर घटयो       

२०७८ असोज, २२  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २२, क्वालालम्पुर(मलेशिया) । मलेशियामा गत अगस्ट महीनामा बेरोजगारी दर घटेको छ ।

गत जुलाईमा बेरोजगारी दर ४ दशमलव ८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४ दशमलव ६ प्रतिशत पुगेको अधिकारीहरुले बताएका छन् । उनीहरुले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयमा आर्थिक गतिविधि बढ्न थालेकाले बेरोजगारी दर घटेको हो ।     
     
‘कोरोना भाइरसको महामारीका कारण न्युन हुँदै गएकाले आर्थिक गतिविधि पछिल्लो समय बढ्दै गएको छ, त्यसैले बेरोजगारी दर घटेको हो’, एक अधिकारीले भने ।मलेशियामा खोप लगाउन योग्य मध्ये झण्डै ८८ प्रतिशतले खोप लगाएकाले पनि महामारी कम हुदै गएको र आर्थिक गतिविधि बढी हुँदै गएको हो ।     
     
‘महामारी न्युनिकरण भएको सकारात्मक अवस्थाले अर्थतन्त्रमा पनि सकारात्मक नतिजा दिएको हो’, एक अधिकारीको भनाइ छ ।   रासस/ सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्