ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा थप २१ हजार कोरोना संक्रमित थपिए    

२०७८ असोज, २२  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २२, नयाँदिल्ली( भारत) । भारतमा कोरोना भाइरसबाट थप २१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

अधिकारीहरुका अनुसार भारतमा थप २१ हजार २५७ जना संक्रमित भएका हुन् ।     

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ संक्रमित थपिने गरेको बताएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २ लाख ४० हजार २२१ जना रहेको पनि मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।     
     
यो सङ्ख्या २०५ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले बताएको छ । भारतमा पछिल्लो समयमा दैनिक संक्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने संक्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या पनि कम हुँदै गएको हो ।   रासस/ एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्