ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिवाईसी नेपाल लघुवित्तले आईपीओले पायो एनपी डबल बी माइनस रेटिङ 

२०७८ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । 

केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ । 

कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज ११ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५० दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रू. ३ करोड ४३ लाख २४ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवमा रू. ५ करोड १८ लाख २५ हजार नाफा गरेको हो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू.६ करोड १३ लाख ६८ हजार खराब कर्जा उठाएकाले नाफा बढ्नमा टेवा पुगेको हो ।

कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ६ करोड २७ लाख २१ हजार छ्ट्याएको हो । चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको कम्पनीले जगेडामा रू. ९ करोड ३६ लाख ९४ हजार सञ्चित गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्