ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

२०७८ असोज, २२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । शुक्रवार पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ४६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा गरी कुल ७६४ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ पुगेको छ । यसैगरी, शुक्रवार १ हजार ३३ जना निको भएसँगै हालसम्म ७ लाख ७४ हजार १७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्