ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पूँजीबजार सम्बद्ध लगानीकर्ताको सुरक्षा गर्न माग        

२०७८ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । अल नेपाल शेयरहोल्डर एशोसिएशनले सर्वसाधारण लगानीकर्ताको हकहितको सुरक्षा गर्न माग गरेको छ । 

नेपालको पूँजीबजार विकास र विस्तारमा नीतिगत कमजोरी रहेको र त्यसले सर्वसाधारण लगानीकर्तालाई असर गर्ने उल्लेख गर्दै उसले नेपाल धितोपत्र बोर्डले कुनै एक समूहलाई मात्र फाइदा हुने गरी बनाएको बुक बिल्डिङ निर्देशिकाबाट सर्वसाधारण तथा साना लगानीकर्तालाई फाइदा नपुग्ने हुनाले निर्देशिका खारेज गर्न माग गरेको छ ।     
     
एशोसिएशनका अध्यक्ष अशोक उप्रेतीले शुक्रवार विज्ञप्ति जारी गर्दै नियामक निकायले धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्तालाई नकारात्मक असर गर्ने कुनै किसिमको नीति बनाउन नहुने बताए ।

त्यस्तै शेयरधनीले प्राप्त गर्ने कम्पनीका लाभांश पाँच वर्षसम्म बुझी नलिए नेपाल सरकारले सो रकम लगानीकर्ता संरक्षण कोषमा राख्ने र कोषमार्फत रकम सञ्चालन गर्ने प्रावधानले लगानीकर्ताको लाभांश प्राप्त गर्ने अधिकार हनन हुने भन्दै उसले सो व्यवस्था संशोधन गर्न पनि आग्रह गरेको छ ।

बजारप्रति अहिले सर्वसाधारणको चासो बढिरहेको उल्लेख गर्दै विज्ञप्तिमा करीब ४५ लाख लगानिकर्ता रहेको पूँजीबजारमा बजारप्रति विश्वसनीयता बढाउन सम्बन्धित निकायले नीतिगत सुधार गर्नु आवश्यक रहेको छ भनिएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्