ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बाग्मती प्रदेशले सञ्चालनमा ल्यायो एउटै वेब पोर्टलबाट हेर्न मिल्ने सूचना बैंक

२०७८ असोज, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । बाग्मती प्रदेश सरकारका सबै सूचना तथा जानकारी एउटै वेब पोर्टलबाट पाउन सकिने भएको छ ।

सञ्चार रजिष्ट्रार कार्यालयले बाग्मती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक शुरु गरेको हो । 

बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून  मन्त्री अजयक्रान्ति शाक्यले शुक्रवार उक्त सूचना बैंकको उद्घाटन गरेका हुन् ।

 उद्घाटनपछि सम्बोधन गर्दै मन्त्री शाक्यले बाग्मती प्रदेशको सूचना बैंकमा अब प्रदेशका सात ओटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभासहित १४ ओटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने जानकारी दिए ।

आगामी दिनमा बाग्मती प्रदेशका ११९ ओटै स्थानीय तहका सूचना समेत यसैमा आउनेगरी सूचना बैंक विकास गर्ने प्रदेश सरकारको तयारी छ । अव प्रयोगकर्ताले इन्फोबैंक डट बागमती डट जीओभी डट एनपीमा गएर प्रदेशका सम्पूर्ण सूचनामा पहुँच पाउन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्