ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

स्वर्गिय गौचनको स्मृतिमा निर्माण व्यवसायी महासंघमा श्रद्धाञ्जली सभा

२०७८ असोज, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शरदकुमार गौचनको चौथो स्मृति दिवसको अवसरमा शनिवार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको स्मरण गरिएको थियो ।  बक्ताहरूले गौचनको मिलनसार व्यक्तित्व सबैका लागि प्रेरणादायी भएको धारणा राखेका थिए ।

 कार्यक्रमका प्रमुख अतिथि महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष जयराम लामिछानेले नेपाली निर्माण उद्योगमा गौचनको अभाव सँधै महसुस हुने बताए । यसैगरी महासंघका अध्यक्ष रवि सिंहले गौचन नहुँदा समग्र निर्माण उद्योगमा अहिले पनि ठूलो रिक्तता रहेको बताए । 

त्यस्तै महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगमा गौचनले ठूलो गुन लगाएको चर्चा गरे  । महासंघका महासचिव रोशन दाहालले गौचनको जीवनीबारे प्रकाश पारेका थिए ।

श्रद्धाञ्जली सभा अघि महासंघ परिसरमा रहेको स्वर्गिय गौचनको अर्धकदको शालिकमा महासंघका अध्यक्ष रवि सिंहसहित गौचनकी धर्मपत्नी आशा गौचनले माल्यार्पण गरेका थिए । गौचनको स्मृतिमा प्रदेश महासंघहरू र जिल्ला निर्माण संघहरूले पनि श्रद्धाञ्जली सभा आयोजना गरेको महासंघले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्