ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२ ओटा जलविद्युत् परियोजना निर्माणका लागि करीब ७३ अर्ब बराबरको लगानी स्वीकृत

२०७८ असोज, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । लगानी बोर्डले  करीब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

 बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शनिवार बसेको बैठकले दुई ओटा जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करीब ७३ अर्ब  रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको हो ।

लगानी स्वीकृति हुनेमा करीब १० दशमलव ५ अर्ब रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजना रहेको छ ।

त्यस्तै सोही बैठकले संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत् परियोजनामा ६२ दशमलव २६ अर्ब रुपैयाँको पूँजीवृद्धि स्वीकृति प्रदान गरेको छ । 

यसैगरी,बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत्  परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्त्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।

समितिमा अर्थ मन्त्रालय,उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक जना विज्ञ सदस्य रहेका छन्  ।

बैठकले लगानी बोर्डको आव २०७८/ ०७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली(१ जलविद्युत परियोजनाको शेयर खरीदविक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले विद्युत् खपत वृद्धि गर्ने सम्बन्धि दिर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिनुभएको छ । 

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।

बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव,राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा विश्वनाथ पौडेल, सरकारका मुख्यसचिवशंकरदास बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ लगायतका अधिकारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्