ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बेलायत र खाडी राष्ट्र बीचमा व्यापार सम्झौता गर्न बहराइनमा छलफल शुरु       

२०७८ असोज, २३  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २३, बहराइन । बेलायत र गल्फ को- अपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल शुरु भएको छ ।     
     
अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन् । छलफल निकै राम्रो, सकारात्मक र उत्साहजनक भएको बहराइनका उद्योग, व्यापार तथा पर्यटन मन्त्री जायद बिन रशिद अल जायनीले भनेका छन् । 
     
बेलायत र साउदी अरब, संयुक्त अरव इमिरेट्स, कतार, बहराइन, कुवेत र ओमानका बीचमा सम्झौता गर्नेगरी छलफल भएको हो ।     
     
बहराइनका मन्त्री जायनीले  संयुक्तरूपमा काम गर्नेगरी नयाँ अध्यायको शुरुवात गर्न लागेको र व्यापारिक साझेदारी, लगानी र सहकार्यको वातावरण बन्ने विश्वास लिएको बताएका छन्  । यस्तो व्यापार सम्झौता बेलायत र गल्फ को- अपरेसन काउन्सिलका सदस्य राष्ट्रहरु सवैका लागि राम्रो अवसर भएको पनि उनले बताए ।     
     
यूरोपेली संघबाट बेलायत बाहिरिएपछिको परिस्थितिलाई ध्यानमा राख्दै खाडी मुलुकहरु र बेलायतका बीचमा व्यापार सम्झौता गर्ने तयारी भएको हो ।  रासस/ एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्