ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए ७६० जना कोरोना संक्रमित, संक्रमणबाट ११ जनाको मृत्यु

२०७८ असोज, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३ , काठमाडौं। नेपालमा विगत २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ६ हजार १६८ ओटा पीसीआर परीक्षण गर्दा ६३६ जना र ५ हजार ८६३ ओटा एन्टिजेन परीक्षण  गर्दा १२४ जना गरी कुल ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २३२ पुगेको छ । त्यसैगरी ८९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल  कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ३४० जना रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्