ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

स्वस्तिक प्रिमियर लिग ब्याडमिन्टन प्रतियोगिताको उपाधी भोगिराज राई र खम्बराज राईको जोडीलाई

२०७८ असोज, २३  
खेल विविध
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, ललितपुर । यस जिल्लाको महालक्ष्मी नगरपालिका - ४  इमाडोलस्थित स्वस्तिक खेलकूद क्लबले दोस्रो स्वस्तिक प्रिमियर लिग ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । 

तीन ओटा समूहका २० ओटा टीम बीच भएको ब्याडमिन्टन लिगको समूह ‘ए’अन्तर्गत भोगिराज राई र खम्बराज राईको जोडीले छत्रबहादुर नायक र बमबहादुर थापाको जोडीलाई पराजित गर्दै उपाधी हात पारेको हो । 

यसैगरी समूह ‘बी’अन्तगर्तको प्रतिस्पर्धामा रामकुमार लामा र बालकृष्ण पौडेलेको जोडीले कुमार घिमिरे र विनोद शर्माको जोडीलाई पराजित गरेको थियो भने समूह ‘सी’को खेलमा भने संगम राई र पारसमणि गड्तौलाको टीमले हरि थापा र रामचन्द्र अर्यालको जोडीलाई पराजित गरेको थियो ।

दोस्रो स्वस्तिक प्रिमियर लिग ब्याडमिण्टन प्रतियोगितामा तीनै ओटा समूहमा गरी जम्मा २० ओटा टीम सहभागि थिए । विजेता टीमलाई महालक्ष्मी नगरपालिका -४ का अध्यक्ष लक्ष्मण रोक्कासहितका जनप्रतिनिधिले शिल्ड तथा मेडल प्रदान गरेकाथिए । 

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथिसमेत रहेका वडा अध्यक्ष रोक्काले स्वस्तिक खेलकूद क्लबले गत वर्षदेखि शुरु गरेको स्वस्तिक प्रिमियर लिगले खेल क्षेत्रको विकासका साथै सामाजिक सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले वडा कार्यालयले यहाँको खेल क्षेत्रको विकासका लागि आगामी दिनमा निरन्तर काम गर्ने पनि बताए ।

यसैगरी वडा सदस्य भक्तिमाया थापा र नरदीप घिमिरेले दशैं, तिहार, नेपाल सम्वत् र छठको पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । स्वस्तिक खेलकूद क्लबका अध्यक्ष जेबी विश्वकर्माले दोस्रो स्वस्तिक प्रिमियर लिग सफलतापूर्वक सम्पन्न भएको बताए ।

उनले खेलकूदको विकासका साथै सामाजिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले स्वस्तिक प्रिमियर लिग ब्याडमिन्टन प्रतियोगिता शुरु गरिएको बताए । क्लबले आगामी दिनमा नगरपालिकास्तरको प्रतियोगिता गर्ने योजना बनाएको समेत उनले सुनाए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्