ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

धरानमा शेयरबजारप्रतिको आकर्षण बढ्दो

२०७८ असोज, २३  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, धरान । प्रविधिको प्रयोग मार्फत शेयर कारोबार गर्न पाइने भएपछि पूँजी बजारमा आकर्षण बढ्दै गएको छ ।

घरमै बसिबसि विभिन्न कम्पनीको आईपीओ खरीद गर्न पाइने, दोस्रो बजारको पनि कारोबार गर्न पाइने भए पछि साना - साना लगानीकर्ताको आकर्षण बढ्दै गएको हो ।

पूँजीबजारप्रति धरानका लगानीकर्ताहरुको आकर्षण बढ्दै गएपछि सचेतना कार्यक्रमहरु पनि हुने क्रम बढ्दो छ । यसबीच नासा इन्भेष्मेन्ट प्रालि विराटनगरले धरानमा शेयर बजार सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा करीब १०० जनाको उपस्थितीले पनि शेयरबजारप्रतिको आकर्षण बढ्दै गएको पुष्टि गरेको छ । 

पछिल्लोे ५ वर्ष यता धरानमा शेयरमा लगानीकर्ता करीब पाँच गुणा बढेको अनुमान शेयर बजारका सचेतक भक्त बहादुर रसाइली गर्छन् । उनी आफैले पनि धरानमा शेयर बजारको विषयमा विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । उनका अनुसार धरानमा २०/ २५ वर्ष अघि देखिनै शेयर बजारका लगानीकर्ताहरु थिए । 

देशकै कारोबारमध्ये ५ प्रतिशत कारोबार धरानले ओगट्ने उनको भनाइ छ । धरान स्टक मार्केटका लागि उपयुक्त नगर रहेको उनको दाबी छ ।  ५ वर्ष अघिको तुलनामा अहिले पाँच गुणा बढी शेयर बजारमा लगानीकर्ताहरु बढेको उनको भनाइ छ । 

उनले भने, ‘पछिल्लो सयम अनलाईन मार्फत सुचनाको पहुँच बढ्दै गएकाले साना साना लगानीकर्ताको आकर्षण बढेको हो, कक्षा ११/१२ का विद्यार्थीहरुको आकर्षण प्राथमिक बजारमा देखिन्छ, दोस्रो बजारमा विभिन्न कार्यालयहरुका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु छन्, फुल टाइमर लगानीकर्ताहरु पनि बढ्दै गएको उनी बताउँछन् । 

देशमा उद्योगधन्दा कलकारखानाहरु बन्द भएको समय नागरिकहरु बेरोजगार हुन थाले पछि शेयर बजारले अग्रगति लिएको लगानीकर्ता उद्धव श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘साना - साना पूँजी भएका लगानीकर्ताहरु ठूलो ठूलो उद्योगधन्दा चलाउन नसक्ने हुँदा शेयर बजारतर्फ आकर्षित भएका छन्, देशकै अर्थतन्त्रमा पूँजीबजार प्रभावकारी बन्दै गएको छ ।’

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान लगानीकर्ताको शहर भएकाले कुनै पनि संस्थाले इमान्दारिता पुर्वक लगानी गर्ने वातावरण मिलाउनुपर्ने बताए । धरानमा विभिन्न समयमा भएका घटनाहरुले लगानीकर्ताको पूँजी डुबेको स्मरण गराउँदै लगानीकर्ता पनि सचेत रहनु पर्ने बताए ।

कार्यक्रमका आयोजक संस्था नासा इन्भेष्मेन्टका अध्यक्ष अरविन्द मेहताले शहरभन्दा पनि गाउँ केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै तल्लो तहदेखि नै लगानीकर्ताहरुलाई जागरुक बनाउनुपर्ने बताए । उनले भने, ‘गाउँमा रहेका साना पूँजीहरुलाई एकत्रित गर्न शेयर बजार सम्बन्धी सचेतना फैलाउन आवश्यक छ ।’ 

उनका अनुसार नासाले धरानसहित ७ ओटा नगरमा सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ । बिहीवार सम्पन्न भएको शेयर बजार सचेतना कार्यक्रमका मुख्य प्रशिक्षक सुरज प्याकुरेल, प्रशिक्षक भक्त बहादुर रसाइली रहेका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्