ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सानिमा बैंकले गर्‍यो थप तीन ठाउँमा शाखा विस्तार

२०७८ असोज, २३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौं, भक्तपुर र कपिलवस्तुमा शाखा विस्तार गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले असोज २१ गतेदेखि कपिलवस्तुको जीतपुरमा तथा असोज २२ गतेदेखि काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा शाखा विस्तार गरेको हो ।

जीतपुर शाखाको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालज्यूले संयुक्त रुपमा गरेका थिए । शाखाको उद्घाटन गर्दै सांसद पन्थीले जीतपुरका जनताको विश्वास जित्ने गरी सेवा प्रवाह गर्न आग्रह गरे ।

मध्यबानेश्वर शाखाको उद्घाटन काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले संयुक्त रुपमा गरेका थिए भने बोडे शाखाको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्