ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुजुकीको स्कुटर किन्दा मोटरसाइकल उपहार

२०७८ असोज, २३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, धरान । सुजुकीको अफर अन्तर्गत धरान स्थित नवदुर्गा अटो प्यालेसमा चलिरहेको अफर कार्यक्रममा स्कुटी किन्दा धरानका निश्चल पलिखे र श्रीमति पुजा ताम्राकारले मोटरसाइकल उपहार पाएका छन् ।

गत असोज ११ गते सुजुकीको एक्सेस स्कुटर खरीद गरेका थिए । स्कुटर खरीद गरे बापत दशैं आयो, उमंग छायो अफर अन्तर्गत लक्की ड्र कुपन मार्फत उनले मोटरसाइकल उपहार पाएका हुन् । 

नवदुर्गा प्यालेसका सञ्चालक दुर्गा भुजेलका अनुसार नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरीद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपन मार्फत हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने गर्छन् । 

शुक्रवार गरिएको लक्की ड्रमा नवदुर्गाबाट स्कुटर खरीद गरेका पलिखेले मोटरसाइकल उपहार पाएका हुन् । नवदुर्गाका प्रोपाइटर भुजेलका अनुसार २ लाख ६३ हजार ९०० को स्कुटर खरीद गर्दा पलिखे दम्पत्तिले ३ लाख २९ हजार ९०० को इन्टुडर मोटरसाइकल उपहार पाएका छन् । यो मोटरसाइकल १५० सिसिको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्ने पनि उनले बताए ।

लक्की ड्रमार्फत उपहार पाएको मोटरसाइकल शनिवार नवदुर्गा अटो प्यालेसले पलिखे दम्पत्तीलाई प्रदान गरेको छ । अटोप्यालेसमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरे, नवदुर्गाका प्रोपाइटर दुर्गा भुजेललगायतले पलिखे दम्पत्तीलाई चाबी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्