ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कम्पनी मुख्यालय सार्दै टेस्ला

२०७८ असोज, २३  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २३, क्यालिफोर्निया (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकले आफ्नो मुख्यालय क्यालिफोर्नियाबाट टेक्सास सार्ने भएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले अष्टिनमा भएको शेयरधनीहरुको वार्षिक भेलामा यस्तो बताएका हुन् ।  मुख्यालय सार्नुको पछाडि उनले कयौं कारण देखाएका छन् । क्यालिफोर्नियामा कर्मचारीहरुलाई बस्न सस्तो घर नपाएकोलगायत कारणहरुतर्फ औंल्याएका छन् । 

कम्पनीको फ्रेमन्टमा रहेको कारखाना बन्द गर्ने आदेशपछि मे महीनामा मस्क र क्यालिफोर्नियाका स्थानीय राजीतिज्ञहरु बीच चर्काचर्की भएको थियो । कम्पनीले तत्कालै टेक्सास÷नाभेदामा मुख्यालय र भावी कार्यक्रमहरु सार्ने भन्दै उनले ट्विटमा भनेका थिए ।

यद्यपि यो कदमको अहिलेसम्म पुष्टि भने भइसकेको छैन । कम्पनीले क्यालिफोर्निया र नाभेदाका कारखानाहरुमा उत्पादन पनि ५० प्रतिशतले बढाउने योजना बनाएको बताइएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्